धादिङ — बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटार मलेखुस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ३०औं स्थापना दिवसको अवसरमा विशेष सामाजिक कार्यक्रमको आयोजना गरेको छ।
संस्थाले आज बिहान आयोजना गरेको खुला रक्तदान कार्यक्रम जनकल्याण साकोसको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (बिबेक) ज्यूले प्रमुख आतिथ्यका रूपमा स्वयं रक्तदान गरेर गर्नुभयो।
कार्यक्रम बिहान ८:३० बजेबाट सुरु भई दिउँसो ३:३० बजे सम्म सञ्चालन भयो। सो अवधिमा १०५ जना रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरी जीवन बचाउने पुण्य कार्यमा सहभागी भएका थिए।
यस अवसरमा संस्थाका अध्यक्ष तथा सारा जनकल्याण साकोस परिवारले कार्यक्रममा सहभागिता जनाउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य सम्माननीय अतिथि, सहकारी संस्था, क्लबहरू, सामुदायिक संस्था, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमिति, रक्तदान कार्यदल, शेयर सदस्यहरू तथा सम्पूर्ण रक्तदाता र कर्मचारीहरूलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।