साकार पोष्ट आषाढ १७ बैरेनी पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौँदी खोलाको पुलमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । काठमाण्डौबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति २ः३० बजे तिर दुर्घटनामा परेको हो ।
घाईतेहरु कोहीको गल्छीमा र ७ जनालाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । सडकमा खाल्डा खुल्डीको कारण बस सडकमा पल्टेर दुर्घटना भएको हो ।

भिजिटर संख्या : 115