साकार पोष्ट गल्छी , साउन १६ – धादिङ जिल्लाको गल्छी गाउँपालिका–४, बेल्खुस्थित पृथ्वीलोकमार्गमा सवारी दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। साउन १६ गते दिउँसो ३:५० बजे चितवनबाट काठमाडौंतर्फ गइरहेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बा.प्र.०१–०३२ च ०१४८ नम्बरको योद्दा गाडीलाई काठमाडौंबाट चितवनतर्फ आइरहेको ना.७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो।
दुर्घटनामा माइक्रोबसमा सवार १३ यात्रुमध्ये ७ जना घाइते भएका छन्। घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अन्य ४ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि आदमघाट अस्पताल प्रा.लि.मा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ।
भिजिटर संख्या : 457