प्रथम गल्छी गॅाउपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

साकार पोष्ट माघ १८ गल्छी प्रथम गल्छी गॅाउपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आज समापन गल्छी गॅाउपालिका वडा नं ८ को छाङ्गेश्वर महादेव मन्दिर परिसरमा गल्छी गॅाउपालिका अध्यक्ष केदार नाथ खतिवडाले गर्नु भएको छ । उक्त कार्यक्रमको सभापतिमा गल्छी गॅाउपालिका शिक्षा शाखा प्रमुख धिरज बस्नेत बिशेष अतिथिमा गल्छी गॅाउपालिका उपाध्यक्ष भाईकाजी तिवारी रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला खेलकुद बिकास समितिका का वा अध्यक्ष रबिन्द्र कुमार भुजेल  तुलाधर धादिङ तेक्वान्दो संघका का कोषाध्यक्ष डेनिड बि क गौतम श्रेष्ठ गल्छी गॅापा वडा अध्यक्ष राजु अधिकारी हरि खतिवडा दिपक कुमार कार्की पुर्व धादिङ जिल्ला समन्वय सभापति जगनाथ नेपाल तथा राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।गल्छी तेक्वान्दो डोजाङको आयोजना भएको उक्त प्रतियोगितामा धादिङ जिल्लाका बिभिन्न बिधालयका बिधार्थीहरुको सहभागिता रहेनेछ ।जिल्लाको ११ वटा टिम सहभागिता रहेको उक्त प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र १६ कास्य सहित टिम गल्छी तेक्वान्दो डोजाङ प्रथम हुन सफल भएको छ । विभिन्न तौल समूह र उमेर समूहमा पुम्से तर्फ ४ स्वर्ण,४ रजत र ८ कास्य, फाइट तर्फ २० स्वर्ण, २० रजत ४० कास्यको लागि भएको प्रतिस्पर्धामा ८ स्वर्ण, १ रजत र ३ कास्य सहित टिम मलेखु तेक्वान्दो दोस्रो, २ स्वर्ण, कास्य र रजत सहित थाक्रे गाउँ पालिका तृतीय भएको छ । बिजेताहरुलाई अतिथिहरुले प्रमाण पत्र ट्रफी मेडल प्रदान गरिएको थियो ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा