साकार पोष्ट रारा राष्ट्रिय म्यूजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट आधुनिक संगीतकारको रुपमा रामकुमार रिमाल सम्मानित भएका छन्।
भर्खरै सम्पन्न उक्त म्यूजिक अवार्डमा (पुरा भयो सपना) गीतबाट रारा राष्ट्रिय म्यूजिक अवार्ड प्राप्त गरेका हुन्।
रेन्जेन लामाको शब्दमा रहेको उक्त गीतलाई रिमालले संगीत दिएका थिए भने चर्चित गायक राजेशपायल राईले गाएका थिए।
राष्ट्रिय म्यूजिक अवार्ड प्राप्त गरेका उनले नेपाली संगीतको क्षेत्रमा थप जिम्मेवारी बढेको र यसलाई अझै दर्शक स्रोताको मनले खोजेअनुरुपको सिर्जना ल्याउनुपर्ने कुरा बताए।
भर्खरै मात्र रिमालले अर्को नयाँ गीत (पराइकी रानी) सार्बजनिक गरका छन्। र उक्त गीतले दर्शको मन जित्ने कुरा समेत दाबी गरेका छन्।
भिजिटर संख्या : 269