साकार पोष्ट माघ ५ गल्छी गत कात्तिक ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाई गएको भूकम्पका कारण विद्यालय भत्कीएपछि खुल्ला आकाशमुनी कक्षा चलाईरहेको विद्यालयलाई कक्षा सन्चालन गर्न मिल्ने टेण्ट सहित प्रभावितलाई धादिङको सिद्धलेक गाउँपालीकाले राहत सामाग्री वितरण गरेको छ ।

गाउँपालीकाका अध्यक्ष परशुरामा खतिवडाको नेतृत्वको टोलीले जाजरकोटको नलगाड नगरपालीकाको श्री त्रिभुवन माध्यमिक विद्यालयलाई २० बाई ३० को २ ओटा टेण्ट उपलव्ध गराएको हो ।
त्यस्तै गाउँपालीकाले सिंगल पोलार वेडसिट, तकिया, व्लाङ्केट, पि फर्म समेत प्रभावितहरुलाई वितरण गरेको छ ।
भुकम्प भएको झण्डै तिन महिना भयृसक्दा समेत राहत सामाग्री नपाएको र विद्यार्थीले खुल्ला आकाशमुनि बसेर पढ्नु परेको सुनेपछि अध्यक्ष खतिवडा वडा नंवर ५ का वडा अध्यक्ष वुधे घले सहितको टोलीले विद्यालउलाई टेण्ट र नगरपालीका मार्फत प्रभावितलाई अन्य सामाग्री वितरण गरेका हुन् ।
गराएका हुन् ।
राहत सामाग्री लीएर जाजरकोटको नलगाड पुगेको टोलीलाई शिक्षक, विद्यार्थी र स्थानीयले स्वागत समेत गरेका थिए । ३ महिना वित्न लाग्दा समेत संघ र प्रदेश सरकारले चासो नदिएर खुल्ला आकाशमुनि राखेर पढाउनु पर्दा विद्यार्थीको पढाई समेत प्रभावित भईरहेको र स्थानीयले चिसोमा रात गुजार्न बाध्य भएकोवेला स्थानीयलाई सम्झिएर टाढा देखि आफ्नो गाउँमा आईपुगेको भन्दै स्थानीयले खुशि व्यक्त गरेका थिए । राहत सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापकले विपत्तीमा गरेको यो सहयोग सँधै सम्झीरहने बताउँदै सिद्धलेक गाउँपालीकाका अध्यक्ष सहित गाउँपालीका परिवारलाई धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्रि राहतकोषमा सहयोग रकम हाल्न लागेको गाउँपालीकाले खुल्ला आकाशमुनि बसेर पठनपाठन गर्न परेको समाचार सुनेपछि विद्यार्थीको पठनपाठनमा तत्काल राहत हुने भन्दै राहत सामाग्री लिएर जाजरकोट पुगेको अध्यक्ष खतिवडाले बताए । उनले पिडामा परेको जाजरकोटबासिमा आफ्नो गाउँपालीकाको तर्फबाट सहयोग गर्न पाएकोमा खुशि व्यक्त गर्दै आफु र आफ्नो गाउँपालीकको नागरीकका तर्फबाट भुकम्पमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

उनले भुकम्प पिडितको बासस्थान निर्माणमा राज्यले तदारुकता देखाउनुपर्ने भन्दै सिद्धलेक गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए ।