आठौ धादिङ महोत्सवको तयारी तीव्र,धमाधम स्टल निर्माण हुदै

साकार पोष्ट ४ पुष, धादिङ आठौ धादिङ महोत्सव पुष ७ गते देखि १७ गते सम्म संचालन हुदैछ । महोत्सवलाई सभ्य र भब्य हिसावमा सम्पन्नगर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुलआयोजक समितिले तयारीलाई तीव्र पारेको छ ।
विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी सकिएको जानकारी दिएका छन् ।
महोत्सव स्थल धादिङवेशी खुल्लामञ्चमा यति बेला धमाधम स्टल निर्माणको कामभइरहेको छ । स्टल निर्माण संगै रमाइलो मेला का सामाग्रीहरु पनि जडान कार्य भइरहेको स्टल निर्माण तथा स्थान ब्यवस्थापन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचनाप्रविधीस्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनीएवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने संयोजकश्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामाहुने महोत्सवमा मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहको छ भने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाखभन्दा बढीले हेर्ने अपेक्षागरिएको छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा