साकार पोष्ट गल्छी गाउँपालिका वडा नं ७ स्थित भल्टारमा आज भएको सवारी दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।
गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको ग २० प ५२५२ नम्बरको मोटरसाइकल र काठमाडौंबाट पोखरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८११ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन्।
दुर्घटनामा परेका मोटरसाइकल चालक रुपन्देही जिल्ला, वडा नं १३ निवासी आदित्य राना रहेका छन्। उनी गम्भीर अवस्थामा रहेकाले तत्काल उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ।
सवारी साधनहरूलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय, धादिङले जनाएको छ ।
भिजिटर संख्या : 606