साकार पोष्ट मंसिर १५ जन्म दिनको खर्च सामाजिक शेवामा
पछिल्लो समय जन्मदिन लगायतको उत्सबले भड्किलो गरी मनाउने प्रचलन बढिरहेको बेला धादिङ सिद्धलेककी आस्था गिरीले भने आफ्नो जन्म दिनमा बौद्धिक अपाङगता आधारभुत विशेष विद्यालयलाई सहयोग गरेर मनाउनु भएको छ ।
सिद्धलेक गाँउपालिका ४ स्थाई घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएको गीरिले आफ्नो जन्मदिनको अवसरमा धादिङवेसी नजिकै साँखुमा सञ्चालीत बौद्धिक अपाङगता अधारभुत विशेष विद्यालयमा सहयोग गर्नु भएको हो ।
परिवार र साथीभाई सँग अन्य दिनहरुमा मनोरन्जन गर्न पाईने भएकाले आफ्नो जन्म दिनको दिनमा गरिने खर्चलाई सामाजिक शेवामा खर्चिदा आफुलाई सन्तुष्ठि मिल्ने भएकोले सहयोग गरेको बताउनु भयो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु बस्ने ठाउँमा कार्पेट नहुँदा बालबालिकालाई अफ्ठ्यारो भएको महसुस गरेर हलमा राख्न कार्पेट र उनिहरुलाई दैनिक आवस्यक पर्ने ५०,६५० रुपयाँ बराबराको खाद्यान्न लगायतका सामाग्री गरिद गरी विद्यालयलाई प्रदान गरिएको हो, यसमा आस्थाको साथीहरुले समेत सहयोग गरेको उहाँले बताउनु भयो । कानुनको विद्यार्थी आस्थाले कानुन व्यवसायी पिता खिल गिरि र सोहि पेशामा रहनु भएकि माता कमला रोका गिरि सहित केहि आफन्तको साथ सहयोग सामाग्रि लिएर अपाङगता अधारभुत विशेष विद्यालय पुग्नु भएको थियो ।
आफ्नो छोरीले जन्म उत्सवलाई सामाजिक शेवाभावमा लगाएको देखेर उत्साहि गिरि दम्पतीले यो अभियानमा आफुहरुले छोरलिाई थप प्रेरीत गर्ने बताए । पछिल्लो पुस्तामा सामाजिक शेवाभाव घटिरहेकोबेला छोरीले देखाएको यो शेवाभावबाट पछिल्लो पुस्तालाई सन्देश प्रवाह समेत गरेको उहाँहरुले बताउनु भयो । विगत ३ वर्ष देखि आस्थाले जन्मदिनको दिन विभिन्न ठाउँमा गएर सहयोग गर्दै आउनु भएको छ ।

