साकार पोष्ट मंसिर १३ गल्छी बैरेनी गल्छी गॅाउपालिका युवा तथा शिक्षा शाखाको आयोजनमा आज देखि गल्छी गॅाउपालिका वडा नं ८ मा रहेको छाङ्गेश्वर महादेव मन्दिर परिसरमा पॅाचौ गल्छी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको।
गल्छी गॅाउपालिका सामाजिक विकास समितिका सभापति दिपक कुमार कार्कीको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गल्छी गॅाउपालिका अध्यक्ष केदार प्रसाद खतिवडाले उद्घाटन गर्न भएको थियो । उक्त कार्यक्रमको अतिथिहरुमा पुर्व जिल्ला समन्वय धादिङका सभापति जग्गनाथ नेपाल पुर्व गल्छी गॅाउपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ प्रमुख प्रसासकिय अधिकृत नर बहादुर विकको स्थानिय राजनितिक दलका प्रतिनिधिको उपस्थितिमा सन्चालन भएको उक्त कार्यक्रम यही मंसिर १५ गते समापन गरिने आयोजकले जनाएको छ ।
गल्छी गॅाउपालिकाको नौ वडा बिधालय सहभागि उक्त प्रतियोगितामा कबड्डी भलिबल एथ्लेटिक्सका खेलहरु छाङ्गेश्वर मन्दिर गल्छी त्रिशुली सडक तथा श्री नं ६ बाहीनी अड्डामा सन्चालन हुनेछ ।