धादिङ जिल्ला स्तरिय बुद्धिचालको उपाधि मनिष कोईरालालाई

साकार पोष्ट फागुन १२ गल्छी , धादिङ नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धादिङ जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि धुनिबेसि खानी खोलाका मनिष कोइरालाले आफ्नो नाम गराएका छन्। मछिन्द्र बहुमुखी क्याम्पसका मनिषले आज भएको पाँच चरणको खेलमा ५ जित निकालेका छन्। सत प्रतिशत जित निकाल्ने क्रममा उनले संदिल श्रेष्ठ , राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष् लामिछाने माथि प्रभावशाली जीत दर्ता गर्दै नगद रु.७ हजार हात पारेका छन्। 

बिज्ञापन

                 नमुना बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेशमराज खतिवडाको सक्रियतामा सञ्चालन भएको खेलमा गल्छिका स्थानीय व्यवसायी बिष्णु मिश्रले ४ अंक सहित दोश्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु. ५ हजार प्राप्त गरेका छज्। वैरेनीका रोशन दुवाडीले डाइरेक्ट इन्काउण्टरका आधारमा ४ अंक हासिल गर्दै तेश्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु. ३ हजार प्राप्त गरेका छन्। 

                 धाडिङ्ग जिल्लाका शिर्षस्थ ४३ स्थानीय खेलाडीहरुको सहभागीता रहेको बुद्धिचाल प्रतियोगितामा भेटेरान तर्फ खिम प्रसाद अमगाँईं, उत्कृष्ट युवा १६ मा सौगात ढकाल , उत्कृष्ट विद्यार्थीमा एलेक्स बर्टौला , उत्कृष्ट नमूना क्याम्पसका अपील रिमाल र उत्कृष्ट महिला खेलाडी कृष्णा श्रेष्ठले आफूहरुलाई अब्बल प्रमाणीत गर्न सफल भएका छन्। 

                  आज भएको समापन समारोहमा गल्छि गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले विजयी खेलाडीहरुलाई २१ हजार नगद पुरस्कार वितरण गरेका छन। शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल प्रदान गरेका थिए । नेपाल बुद्धिचाल संघका अध्यक्ष हिराकाजि महर्जनले विजयी खेलाडी मनिष कोइरालालाई ट्रफी प्रदान गरेका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा