साकार पोष्ट गल्छी धादिङ — बिल्केश्वर युवा क्लब गल्छी–२, बेलिनटार धादिङले बुवाको मुख हेर्ने दिन विशेष अवसरमा आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न भएको छ।
“यति गति र लय मिलाएर गाइन्छ भने, सबैले देखेको, तर नसुनेको माया” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा विजेताहरु घोषणा गरिएको हो।
प्रतियोगितामा श्रद्धा रिमालले ६४.८ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी, साधना अधिकारीले ६३.२१ अंकसहित दोस्रो स्थान हासिल गरिन् भने सुवास पौडेलले ५६.२३ अंकसहित तेस्रो स्थान प्राप्त गरेका छन्। साथै, चर्चित प्रतियोगीको विशेष पुरस्कार पनि श्रद्धा रिमालले पाउन सफल भएकी छन्।
विजेताहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारसहित सम्मान गरिएको आयोजक क्लबले जनाएको छ।
क्लबका सचिव विश्वम श्रेष्ठले सम्पूर्ण विजेता सहभागीलाई बधाई दिंदै सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।