बुद्धिचाल खेलको प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा गल्छीका पत्रकार सन्दिप घिमिरे सम्मानित

साकार पोष्ट मंसिर २५ गल्छी नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा योगदान पुर्‍याउँदै आएका नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ।

बिज्ञापन

ललितपुरमा सम्पन्न आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन समारोहका अवसरमा महासंघका अध्यक्ष हेराकाजी महर्जनले घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन्।

महासंघले आयोजना गर्दै आएका विभिन्न प्रतियोगिताको निरन्तर प्रवर्द्धन, प्रचार–प्रसार तथा खेलकुद पत्रकारितामार्फत बुद्धिचाल खेललाई स्थापित गर्न घिमिरेले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनको प्रशंसास्वरूप सम्मान गरिएको जनाएको छ।

बुद्धिचाल खेलको उन्नति, खेलाडी तथा आयोजकको मनोबल वृद्धि र खेलमैत्री वातावरण निर्माणका लागि घिमिरेले देखाएको समर्पण र सक्रियता प्रेरणादायी रहेको आयोजकको भनाइ छ।

महासंघले आगामी दिनमा पनि खेलकुद पत्रकारिता र बुद्धिचाल क्षेत्रको प्रवर्द्धनमा घिमिरेको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा