साकार पोष्ट गल्छी बैरेनी पुस १९।गल्छी गाउॅपालिका भित्र रहेको करिब तिन दर्जन सामुदायिक तथा प्राईभेट बिधालयहरुमध्ये केही सामुदायिक बिधालयले नत नियमित स्कुलको हिसाव सार्वजनिक हुन्छ नत नियमित बस्नुपर्ने बैठक बसेको हुन्छ। गल्छी गाउॅपालिकाको केही बिधालयमा त स्कुलका बिधार्थीहरुलाई खाजा खुवाउन आएको पैसा समेत शिक्षकले लिदॅा बिधार्थीहरु खाजा खानवाट समेत बन्चित भएका छन्न्। बिधालयहरुको अबस्थाबारे थाहॅा पाउॅदा समेत स्थानिय सरकारका जनप्रतिनिधिहरु तथा शिक्षा अधिकृत बेखबर रहेका छन्। अनुगमनको नाममा स्कुल प्रशासनलाई खबर गरेर बिधालय जादॅा सबै ठीक्क पार्ने तथा अनुगमको दिन सबै शिक्षक शिक्षिका स्कुलमा उपस्थित हुने तर अरु बेलामा महिनाको चार पॅाच दिन मात्र विधालयमा उपस्थित हुदॅा समेत गल्छी गाउॅपालिकाले कुनै कारवाही गर्न सकेको छैन। राजनितिकको आडमा शिक्षकहरुले बिधालयमा जथाभावी गर्दा तथा स्कुलको हिसाब नबुझाउदॅा समेत उन्मुक्ति पाईरहेका छन्। राजनितिक भागभन्डामा बिधालय व्यवस्थापन समिति गठन हुने तथा गठन गरिएको व्यवस्थापन समितिले नत कहिल्यै बिधालय सुधार अभियान सन्चालन गरेको नत कहिल्यै अनुगमन गरेको पाईदैन। यस बिषयमा अभिभावक तथा शिक्षक शिक्षिकाहरुले पटक पटक स्थानीय सरकारलाई खबर गर्दा नि कुनै अनुगमन गरेको पाईदैन।साथै बिधालयमा उपल्लो तहका शिक्षकहरुले तल्लो तहका शिक्षकहरुलाई दुर्रव्यवहार गर्ने गरेको पाईन्छ।
जसका कारण अभिभावकहरुले चर्को मुल्य तिरेर निजि बिधालयमा आफ्ना छोरा छोरी पढाउन बाध्य भएका छन्।
