नेपाल पत्रकार महॉसंघ धादिङकको अध्यक्षमा सिताराम अधिकारी निर्वाचित

साकार पोष्ट मंसिर २९ घादिङ नेपाल पत्रकार महॉसंघ धादिङको शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका सिताराम अधिकारी बिजयी हुनुभएको हो।

बिज्ञापन

बिजयी हुनुभएका अधिकारीले ४२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी राजन अधिकारीले ३१ मत ल्याउनु भयो।

यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठ बिजयी हुनुभएको छ ।श्रेष्ठले ४१ मत ल्याउनुभयो भने उहाँका प्रत्याशी प्रेस सेन्टरकि रविना विकले २९ मत ल्याउनुभयो।

यसैगरी कोषाध्यक्षमा प्रेस सेन्टरका बद्री अधिकारीले ३८ मत ल्याउदै बिजयी हुनुभयो भने उहाँका प्रत्याशी समाजवादी प्रेस संगठनका शिवराज आचार्यले ३५ मत पाउनुभयो।

यस्तै आदिवासी जनजाति सदस्यमा प्रेस चौतारीका रेख बहादुर गुरुङले ४१ मत ल्याउदै बिजयी हुनुभयो भने उहाँका प्रत्याशी प्रेस सेन्टरका नीर बहादुर गुरुङले ३२ मत पाउनुभयो।

यसैगरी खुल्ला सदस्यमा प्रेस चौतारीका उपेन्द्र अधिकारी ३९ मत (बिजयी), प्रेस सेन्टरका गणेश पाण्डे २६ मत, प्रेस युनियनका पुरूषोत्तम ढुंगाना ५२ मत(बिजयी), प्रेस सेन्टरका भुमीप्रसाद त्रिपाठी २६ मत,प्रेस युनियनका मनिष श्रेष्ठ ६५ मत (बिजयी), प्रेस चौतारीका बिनोद तमु ५९ मत (बिजयी), प्रेस सेन्टरका श्रीकृष्ण रिजाल १३ मत, समाजबादी प्रेस संगठनका सन्दीप प्रसाद घिमिरे ३९ मत (बिजयी) र प्रेस सेन्टरका सानुबाबु अर्यालले १२ मत पाउनुभयो ।

यस्तै प्रदेश परिषद सदस्यमा प्रेस युनियनका चित्र बहादुर आचार्य ३९ मत (बिजयी), समाजबादी प्रेस संगठनका राजकुमार ढुंगाना ३६ मत (बिजयी), प्रेस सेन्टरका किशोर अधिकारी ३० मत र बिक्रम अधिकारीले ३२ मत पाउनुभयो।

केन्द्रीय परिषद सदस्य तर्फ प्रेस युनियनकि गोमा थापा ५४ मत (बिजयी) र प्रेस सेन्टरकी सन्तोसी ढुंगानाले १४ मत पाउनुभयो।

जिल्ला कार्यसमितिको ३ पदाधिकारी र ५ सदस्य पदको लागि निर्वाचन भएको हो ।

यसअघि प्रेस युनियबाट उपाध्यक्षमा मनिष दुवाडी, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, समावेशी सहसचिवमा अस्मिता पोखरेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यस्तै महिला सदस्य प्रेस युनियबाट सुशीला विश्वकर्मा, दलित सदस्यमा प्रेस चौतारीका अनिल नेपाली र अल्पसंख्यक सदस्यमा समाजबादी प्रेस संगठनकी सनिता चेपाङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसैगरी प्रदेश परिषद सदस्यमा प्रेस चौतारीकी लक्ष्मी भुजेल,राजाराम डंगोल र प्रेस युनियनकी लक्ष्मी शाक्य तथा केन्द्रीय परिषद सदस्य तर्फ प्रेस चौतारीबाट केशव अधिकारी निर्विरोध हुनुभएको थियो ।

निर्वाचित कार्यसमितिको कार्यकाल आगामी तीन बर्षको हुनेछ ।

जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए।

समाजवादी प्रेस संगठनले भने केही पद भागबण्डा गरी प्रेस चौतारीसँग मात्रै गठबन्धन गरेको थियो ।

प्रेस सेन्टर एक्लै चुनावी मैदानमा होमिएको थियो।

सदस्यता बिबादका कारण पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको निर्वाचन हिजो शुक्रबार देशैभर एकैपटक भएको थियो ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा