पुम्से रेफ्री सेमिनार तथा रिफ्रेसर तालिममा धादिङबाट ग्योरोगी तर्फ १४ जना र पुम्से तर्फ ५ जना राष्ट्रियस्तरका रेफ्री हुन सफल

साकार पोष्ट जेठ ५ गल्छी। नेपाल तेक्वान्दो संघले २०८१ जेठ ३ गतेबाट सञ्चालन गरेको तेस्रो राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर तालिम आज सम्पन्न भएको छ । माननीय युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले समापन गर्नुभएको उक्त तालिममा धादिङ जिल्लाबाट ५ जना तेक्वान्दो राष्ट्रिय रेफ्रीहरु सहभागी हुनुभएको थियो ।

बिज्ञापन

जम्मा १३६ जना सहभागी भएको यस तालिममा सेमिनार तर्फ गल्छी तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठ, मलेखु/ गजुरी तेक्वान्दो डोजाङका प्रमुख धन बहादुर गुरुङ र चण्डीभुमी तेक्वान्दो डोजाङकी मुना तामाङ तथा त्रिभुवन आर्मी क्लबका रामकुमार पोख्रेल र रिफ्रेसर तर्फ गोदावरी फिटनेशबाट उज्ज्वल श्रेष्ठ तालिममा सहभागी हुनुभएको थियो । तेक्वान्दो प्रतिस्पर्धा ग्योरोगी (फाईट) र पुम्से बिद्या रहेको छ जसमा धादिङबाट ग्योरोगी तर्फ १४ जना र पुम्से तर्फ ५ जना राष्ट्रिय स्तरका रेफ्री हुन सफल भएका छन् ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा