धादिङ । बिहीबार, २७ कात्तिक २०८२ — तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले सामुदायिक अस्पताल निर्माणका लागि रु. ५ लाख सहयोग हस्तान्तरण गर्नुभएको छ।
सुप्रसिद्ध कथावाचिका राधिका दासीजीको प्रवचनमा बेलकोटगढी नगरपालिका–महादेवफाँटमा आयोजित श्रीमद्भागवत् महापुराण सप्ताहको समापन समारोहका अवसरमा अध्यक्ष अधिकारीले गाउँपालिकाको तर्फबाट सो सहयोगको घोषणा गर्नुभएको थियो।
उहाँले स्वर्गीय पिता ज्ञानकुमार अधिकारी र माता गौरादेवी अधिकारीको सम्झनामा व्यक्तिगत तवरमा रु. ५१ हजार १ सय १० दान गर्दै सामुदायिक अस्पतालका लागि गाउँपालिकाबाट रु. ५ लाख सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो।
घोषणा अनुरूप अध्यक्ष अधिकारीले बिहीबार गाउँपालिका कार्यालयमा आयोजक संस्थाका प्रतिनिधिलाई सो रकम हस्तान्तरण गर्नुभएको हो।
उक्त अस्पताल छिमेकी पालिकाको सीमावर्ती क्षेत्रमा निर्माण हुँदैछ, जसबाट तारकेश्वर गाउँपालिकाका बासिन्दा समेत प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।