साकार पोष्ट साउन १८ गल्छी। काठमाडौं वाट मलेखु तर्फ जाँदै गरेको ३६२३ नम्बरको हाईसले आदमघाटवाट गल्छी आउदै गरेको बा ४० प ४८३३ नम्बरको मोटरसाइकललाई गल्छीगाँउपालिका वडा नं ४ मासटारमा ठक्कर दिँदा गल्छीगाँउपालिका वडा नं ४ का अन्दाजी २९ वर्षका कृष्ण प्रसाद अधिकारी गम्भीर घाइते भएका छन्। घाइते अधिकारीलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

भिजिटर संख्या : 138