गल्छीका सुब्बा श्रेष्ठ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्राविधिक तर्फको निर्णायकमा नियुक्त

साकार पोष्ट १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा शुरु भएको छ । देशको सात वटै प्रदेशबाट ८१५ जना बिद्यालय तहका खेलाडीहरु स्थानीय तह, जिल्ला र प्रदेश स्तरको छनौट पार गरि केन्द्रसम्म आईपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन भएको यस प्रतियोगितामा तेक्वान्दो, कराँते उसु, भलिबल, कबड्डी, एथलेटिक्स तर्फका बिभिन्न इभेन्टहरु समाबेश छन् जसमा तेक्वान्दोमा गल्छी- १ निबासी सुब्बा श्रेष्ठ प्राविधिक तर्फको निर्णायकको भुमिकामा रहनुभएको छ  । उहाँ गल्छी तेक्वान्दो डोजाङको प्रमुख तथा प्रशिक्षक हुनुहुन्छ भने धादिङमा तेक्वान्दो प्रशिक्षण गराउने प्राबिधिक निर्णायक तालिम प्राप्त एक मात्र राष्ट्रिय रेफ्री हुनुहुन्छ । आफ्नो २३ बर्षे सैनिक जीवनबाट अवकाश लिएर २०७८ फागुनबाट गल्छीमा तेक्वान्दो प्रशिक्षण गराउँदै आउनुभएको छ । तेक्वान्दो खेलमा बिभिन्न प्रकारका ईलेक्ट्रोनिक उपकरण तथा सेन्सर प्रयोग हुने हुँदा यसको लागि निर्णायकको साथ साथै छुट्टै प्राविधिक निर्णायक पनि आवश्यक पर्ने भएकोले यस कार्यको लागि उहाँलाई तेक्वान्दो संघले छनौट गरेको हो । त्यसै गरि तेक्वान्दो तर्फबाट धादिङकी प्रनिता तामाङले बाग्मती प्रदेशको प्रतिनिधित्व गर्दै छात्रा ४९ के.जी. तौलमा प्रतिस्पर्धा गर्दैछिन् ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा