साकार पोष्ट कार्तिक ८ गल्छी बैरेनी । गल्छी गाउॅपालिका वडा नं ८ मा रहेको छाङ्गेश्वर महादेव तथा छाङ्गादेवि मन्दिर जिल्ला बन कार्यालयमा यही कार्तिक ५ गते धार्मिक बनमा दर्ता गरि आज हस्तान्तरण गरिएको छ ।
आज गल्छी गाउॅपालिका वडा नं ८ मा रहेको छाङ्गेश्वरमा महादेव मन्दिर परिसरमा जिल्ला बन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य गल्छी गॉउपालिका उपाध्यक्ष भाईकाजी तिवारी गल्छी गॉउपालिका वडा नं ८ वडा अध्यक्ष बिशाल लुङ्गेली छाङ्गेश्वर तथा छाङ्गा देवि महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष खेम अमगाई उपस्थितिमा आज एक कार्यक्रम गरि जिल्ला बन कार्यालय प्रमुखले हस्तान्तरण गर्नुभएको हो।
भिजिटर संख्या : 894