साकार पोष्ट चैत २० गल्छी। ६६ औ राष्ट्रीय सहकारी दिवसको उपलक्ष्यमा गल्छी गॉउपालिकाद्धारा आज गल्छी ८ मा रहेको छाङ्गेश्वर महादेव मन्दिर परिसरमाको हलमा सहकारीको दिगोपन स्वः नियमन र सुशासन भन्ने मुल नाराका गल्छीगाउँ पालिका भित्र रहेका दर्जनौ सहकारीको साथ समिक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्धघाटन गल्छी गाउपालिकाको अध्यक्ष केदार खतिवडाले व्यानर पढेर गर्नुभएको थियो। कार्यक्रमको सन्चालन गल्छी गाउँपालिकाका सानु माया भण्डारीले गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य गल्छी कृषि शाखाका किरण पुरीले राख्नु भएको थियो। उक्त कार्यक्रममा गल्छी गाउँपालिका भित्र सन्चालनमा रहेका सहकारीहरुले आफ्नो सहकारीको गतिविधि जानकारी गराएका थिए।


भिजिटर संख्या : 222