एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

साकार पोष्ट जेठ ९ धादिङ नेकपा (एकिकृत समाजवादी) ले आज धादिङका स्थानिय तहहरुमा स्मरण पत्र बुझाएको छ । “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ समाजवादी देशव्यापी आन्दोनमा जुटेको छ ।  आन्दोलनकै कार्यक्रम अन्तरग एकिकृत समाजवादीले गत बैशाख २३ सबै सबै स्थानिय तहहरुमा आफ्ना माग पत्र पेस गरेको थियो । नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सवाल र मुद्दाहरुलाई समेटेर एकिकृत समाजवादीले प्रधानमन्त्री देखि वडा अध्यक्षसम्म ध्यानाकर्षण गराईसकेको छ । सोही ध्यानाकर्षण पत्रमा समेटिएका प्रमुख मागहरु पूरा गर्नेगरी पालिकाहरुले आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा संवेदनशील बनाउन एकपटक पुनः स्मरण गराउने उदेश्यले आज धादिङका २ नगरपालिका र ८ वटा गाउँपालिकाहरुमा स्मरण पत्र बुझाईएको एकिकृत समावजवादीका केन्द्रीय सदस्य सुवास खतिवडाले बताउनु भयो ।

बिज्ञापन

“हाम्रा कतिपय मागहरु संघिय सरकारले गम्भिरताका साथ ग्रहण गर्नुपर्ने र नागरिक प्रति पूर्ण जवाफदेही बनेर पूरा गर्ने प्रकृतिका छन्, यद्यपी स्थानिय सरकार नागरिकको घरआँगनको सरकार भएकाले स्थानिय सवालहरु स्थानिय रुपमै सम्बोधन गर्न र बजेट जनमुखी बनाउन एक प्रकारले दवाव सिर्जना गर्ने उदेश्यले स्मरण पत्र बुझाईको” खतिवडाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा