साकार पोष्ट गल्छी २८मंसिर, धादिङ ।आठौँ धादिङ महोत्सव २०७९ मा बृहत कृषि मेला तथा कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ ।
कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सवस्थलमा बृहत कृषि मेला तथा प्रदर्शनी हुन लागेको हो ।
कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाई ९ विधामा बर्गिकरण गरिएको छ । हरेकविधामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान हातपार्नेहरुलाई नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषिप्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा खाद्यान्नबाली समुह, दलहनबाली समुह, आलुवाली समुह, तरकारी बाली समुह, काउलीबाली समुह, फलफुलबाली समुह, नगदेबाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवाआदी) मा प्रतिस्पर्धा गराइने प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना धादिङका प्रमुख होमनाथ लंसालले जानकारी दिनुभयो ।
किसानहरुले उत्पादन गरेको कृषि उपजहरु महोत्सवआयोजना स्थलमा पुस ६ गते विहान १० बजेदेखि ५ बजेसम्म र ७ गते विहान ७ बजेदेखि ११ बजेसम्म दर्ता गर्न सकिने महोत्सवमुलआयोजक समितिले जनाएको छ ।प्रतिस्पर्धामा भागलिएका सवै कृषकहरुको सवै समुहको उत्पादनलाई प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीमा भाग लिनधादिङका कृषकहरुलाई महोत्सवमुलआयोजक समितिले अनुरोध समेत गरेको छ ।
किसानहरुको कृषिउत्पादन बृृद्धि गराउन प्रोत्साहन गर्न तथा उनीहरुको मेहनतलाई सम्मान गर्नको लागि कृषिउपजहरुको प्रतिस्पर्धा गराइएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सवप्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
