साकार पोष्ट गल्छी धादिङ — अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा आगामी असोज १० गते नीलकण्ठ नगरपालिकाको सिटी हलमा हुने जिल्लास्तरीय कृषि उत्पादन बजार र व्यापार विषयको वकृत्वकला प्रतियोगिताको लागि गल्छी गाउँपालिकाबाट सहभागी हुनेहरुको छनौट गरिने भएको छ।
यही भाद्र १३ गते शुक्रबार गल्छी गाउँपालिकाको वडा नं. ६ स्थित गाउँपालिका कार्यालयको सभा हलमा छनोट कार्यक्रम आयोजना हुने भएको छ। प्रतियोगिताबाट १ जना छात्र र १ जना छात्रा छनोट गरी जिल्लास्तरीय प्रतिस्पर्धामा पठाइनेछ।
जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु. ५०,०००, द्वितीयलाई रु. ३०,०००, तृतीयलाई रु. २०,०००, चौथो हुनेलाई रु. १०,००० र पाँचौ हुनेलाई रु. ५,००० नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।
भिजिटर संख्या : 628