साकार पोष्ट बैशाख २० गल्छी, धादिङ — नेपाल तरुण दल गल्छी गाउँपालिकाको पाँचौं अधिवेशन शनिवार वडा नं. ८ स्थित छाङ्गेश्वर महादेव मन्दिरमा सम्पन्न भएको छ। अधिवेशनले प्रकाश भण्डारीलाई नयाँ कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ।
उपाध्यक्षमा विकास शाही ठकुरी, सचिवमा रामचन्द्र अधिकारी चयन भएका छन् भने खुला सदस्यमा राजेश गौतम, प्रवीण तिवारी, बिन्दा खतिवडा र मनोज गौतम रहेका छन्। खुला महिला सदस्यका रूपमा ज्योति श्रेष्ठ गौतम र कविता खतिवडा सुबेदी चयन भएका छन्।
त्यसैगरी, खस आर्य सदस्यमा प्रकाश बानिया, आदिवासी जनजाति सदस्यमा अशोक तामाङ, दलित पुरुष सदस्यमा लाल बी मगराती, दलित महिला सदस्यमा रेनुका रम्तेल तथा विस्थापित परिवार सदस्यमा दिपेश गौतम चयन भएका छन्।
उक्त कार्यक्रमको सभापतित्व नेपाल तरुण दलका केन्द्रीय सदस्य महेश खतिवडाले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मा उपस्थित थिए। कार्यक्रममा तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी, युवा नेता कृष्ण रिजाल, रवि थापा भाईकाजी तिवारी दिपक कार्की कृपा श्रेष्ठ बिशाल लुङ्गेली मगर राजु अधिकारी गोपि रिमाल लगाएतको उपस्थिति रहेको थियो।
नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेताहरूले स्थानीय युवाहरूको सशक्तिकरण र संगठन विस्तारमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।