नेपाल टेलिकमकको सामाजिक सन्जाल स्क्यामबाट बच्न अनुरोध

साकार पोष्ट गल्छी पुस ३ नेपाल टेलिकमले आफ्नो नाम र लोगोको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलिरहेको स्पाम स्क्यामबाट बच्नका लागि ग्राहकवर्गलाई सचेत रहन अनुरोध गरेको छ। “नेपाल टेलिकम क्रिसमस गिफ्ट” नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्क्याम लिङ्क सामाजिक सन्जालबाट फैलाइएको पाइएको छ।

बिज्ञापन

यो स्क्याम लिङ्कको डोमेन नेम अविश्वसनीय र असत्य छ। लिङ्क खोल्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ। यस्ता स्क्याम लिङ्कहरू सामाजिक सञ्जालमा, विशेष गरी फेसबुक ग्रुप, म्यासेन्जर, र अन्य प्लेटफर्महरूमा फैलिरहेका छन्।

नेपाल टेलिकमले सबैलाई आफ्ना सेवाबारे अद्यावधिक जानकारी प्राप्त गर्न केवल आधिकारिक ब्लु टिकसहितका फेसबुक पेज र एक्स जस्ता सामाजिक सञ्जालमा रहेका सूचनामा भरोसा गर्न आग्रह गरेको छ। साथै, कम्पनीको आधिकारिक वेबसाइटलाई आधार मानेर मात्र जानकारी प्राप्त गर्न अनुरोध गरिएको छ।

नेपाल टेलिकमले सबैलाई स्क्यामबाट बच्न र अनधिकृत लिङ्कहरूबाट टाढा रहन सचेत गराएको छ।

साथै एस्ता पोष्टहरु आफ्नो साथीहरुलाई मेसेजहरु नपठाउन अनुरोध गरेको छ

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा