जवाङगाउँको सुन्तला धादिङ महोत्सवमा ल्याइने

साकार पोष्ट धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ ।यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थाले देखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आयआर्जनको स्थायी स्रोत बनेको सुन्तलालाई आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने भएको छ ।
धादिङ महोत्सवमुलआयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाकाअध्यक्ष कृष्ण बहादुर थपलिया विवेकवीचको छलफलमा जवाङको सुन्तलालाई महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
राजमार्ग क्षेत्रका बजारहरुमा पोका पोका बनाएर सुन्तला विक्री वितरण भइरहेको देखेको छ, तर कहाँको हो? कसरी उत्पादन भइरहेको छ, ब्यवसायिक खेती गर्दा के के समस्या आउछन् भन्ने जानकारी दिनको लागि सुन्तलाको विक्री संगै सुन्तला खेतीको ब्यवसायिक ज्ञान बाड्न हिसावले जवाङ गाउँको सुन्तलालाई महोत्सवमा ल्याउन लागिएको सिंखडाले जानकारी दिनुभयो ।
बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चेपाङ सस्कृति र रहन सहन झल्कने झाँकी पनि प्रदर्शन गरिने गाउँपालिका अध्यक्ष थपलियाले छलफलका क्रममा जानकारी दिनुभयो । गाउँपालिकामा बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेकाले उनीहरुको रहनसहन र सँस्कृतिको प्रचार गर्नको लागि महोत्सवमा चेपाङ झाँकी पठाइने गाउँपालिकाअध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
आगामी पुष ७ गते देखि १७ गते सम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ । महोत्सवका सफल बनाउनको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर कामहरु तीव्र रुपमा अघि बढाइएको आयोजक धादिङ उद्योग बाणिज्य संघ धादिङकाअध्यक्ष एवं महोत्सवमुल आयोजक समितिका संयोजक विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा