साकार पोष्ट जेठ ११ गल्छी। बैशाख ३० मा सम्पन्न भएको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले आज वडा कार्यालय गल्छी ६ बैरेनीमा पदभार ग्रहण गर्नु भएको छ। साथै आज वडा कार्यालयमा अधिल्लो कार्यकालका जनप्रतिनिधिहरुलाई बिधाई समेत गरिएको थियो। आजै नवनिर्वाचित गल्छी ६ का वडा अध्यक्ष दिपक कुमार कार्की लगाएत नवनिर्वाचित सदस्यहरुको पहिलो बैठकले गल्छी ६ बैरेनी आसपासका फोहोर मैला व्यवस्थापन गर्ने तथा वडा नं ६ का आर्थिक स्तर न्युन भएका मानिसहरूको पहिचान गरि निश्चित मापदण्ड तयार पारि बिधुत प्राधिकरणको नियमानुसार घरायसी प्रयोजनका लागि प्रयोग गरिने बिधुतको न्युनतम महसुल नि: शुल्क गर्ने निर्णय गरेको छ।

भिजिटर संख्या : 145