साकार पोष्ट पुस २८ चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
थानकोटबाट चित्लाङका लागि छुटेको प्रदेश – ३ – ०१ – ०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ सेतो पहरा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २ जना घाइते भएका छन् ।
शनिवार दिउँसो भएको दुर्घटनामा परि काठमाडौं लाजिम्पाटका ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको मृत्यु भएको छ ।
भिजिटर संख्या : 221