गल्छी फोहोर मैला व्यवस्थापन समितिद्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न

साकार पोष्ट पुस २४ गल्छी। गल्छीगाँउपालिका वडा नं ७ मा गठन गरिएको गल्छी फोहोर मैला व्यवस्थापन समितिको आयोजनामा आज गल्छीगाँउपालिका वडा नं ७ को वजार भित्र विभिन्न ठाउँहरूमा फोहोर मैला व्यवस्थापन सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सन्चालन व्यवस्थापन समितिका उपाध्यक्ष सिता रिमाल लामिछानेले गर्नु भएको थियो भने कार्यक्रम सभापतित्व गल्छी बजार फोहोर मैला व्यवस्थापन समितिको अध्यक्ष गिता गौतमले गर्नुभएको थियो। उक्त समितिले बजार सरसफाईको अनुगमनका साथै सडकको दायाँबायाँ व्यापारिक प्रयोजनका लागि लागि राखिएको सामाग्रीहरू हटाए नहटाएकोको समेत अनुगमन गरेको थियो।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा