डिभिजन वन कार्यालय धादिङको अनुरोध

पृथ्वीहामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित बायुमण्डलले घेरेको छ । बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वनडाईअक्साईडले ०.०३ प्रतिशत तथा बाँकीअरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको तापविकिरण बायुमण्डलमा रहेका हरित गृह ग्याँसहरुको अवरोधको कारण फर्किन पाउँदैनन् र पृथ्वीको सतह, बायुमण्डल र समुद्रको सतह तताउँछन् । कार्वन डाईअक्साईड त्यसमध्ये एउटा महत्वपूर्ण ग्याँस हा,े जसको अर्को नाम तातो हावापनिहो । मानविय गतिविधिले विशेष गरी औद्योगिक क्रान्तिपछि उत्सर्जन भएका हरितगृह ग्याँसहरुको मात्रा बायुमण्डलमा अत्यधिक मात्रामा बढ्न गएकोले पृथ्वीको सबै भागहरुको तापमान हानीकारक हुनेगरी बढिरहेको छ ।
बायु प्रदुषण, जल प्रदुषण र फोहर प्रदुषण लगायतका हानिकारक मानविय गतिविधिको कारण विश्व तापमान बृद्धिमा झनै बल पुगेको छ । उदाहरणको लागि प्लाष्टिक डढाउने, वन डढेलो, वनविनाश, वन अतिक्रमण, खोरिया फँडानी, अवैधानिकवन कटान जस्ता मानविय गतिविधिहरुले वातावरण प्रदुषण बढ्न जाँदा जलवायु परिवर्तन तिब्र हुनपुगेको छ । जलवायुको गुणहरुमा परिवर्तन हुन जाँदा तापक्रम र वर्षको मात्रा, तालिका र तिब्रतामा फेरबदल आएको हामी सबैले महशुस गरेकै छौँ । यसबाट हाम्रो जीवनको आधार वन र जैविक विविधता, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, पर्यटन, वसोवास लगायत जिविको पार्जनसँग सम्वन्धित क्षेत्रहरुमाप्रत्यक्ष असर महशुस गरिएको छ । यसको कारण हरेक वर्ष बाढी, पहिरो, हावाहुरी तथावन डढेलो जस्ता जलवायु जन्यप्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षतिभई नै रहेको छ ।
यसैले वातावरण प्रदुषण कमगर्न र जलवायु परिवर्तन कानकारात्मक असरहरुबाट बच्ननिम्न कुराहरुलाई ध्यानदिई व्यवहारमा कार्यान्वयन गर्नु गराउनुहुन समस्त सर्वसाधारण र सरोकारवाला जनसमुदायहरुसँग हार्दिक अपिलगर्दछौँ ।
अपिल
* प्लाष्टिक, धातु र सिसाजन्य सामग्रीको प्रयोग कम गरौँ । दैनिकउपभोग्य सामग्रीप्रयोग गरेपछि फाल्नुपर्ने फोहोरमाकुहिने र नकुहिने पदार्थ अलग गरेर सुरक्षित विसर्जन, पुनःप्रयोग वापुनः चक्रण (Recycling) गरी प्रयोगमा ल्याऔं ।
* प्लाष्टिक र काष्ठजन्य सामग्रीको अनावश्यक डढाउने काम नगरौँ । सफा हरितऊर्जा (जलविद्युत) र सौर्य ऊर्जा प्रयोग गरौं,प्रयोग गर्न प्रोत्साहित गरौं ।
* सामुदायिक वन उपभोक्ता, कवुलियती वनसमूह सदस्य तथा निजीवन कृषकहरुले जलवायु परिवर्तनन्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई वनव्यवस्थापन कार्ययोजनाको अभिन्न अंगबना औंर प्रभावकारी रुपले कार्यान्वयन गरौं ।
* वनश्रोतको उत्पादकत्व पत्तालगाई वार्षिक स्वीकार्य कटानको परिधी भित्र रहीवन पैदावारको दीगो ढंगले सदुपयोग गरौं ।
* वन डढेलोले गर्दा कार्वनडाईअक्साईड उत्सर्जन भई बायुमण्डल थप तातिने हुँदावन डढेलो लाग्ने, लगाउने वावन डढेलो लगाउन दुरुत्साहन गर्ने कामकसैले कहिंल्यै नगरौं ।
* हरेक वर्ष सुख्खा र गर्मी याममा(फाल्गुनदेखि भदौ) वनमा डढेलो लाग्नाले कार्वन उत्सर्जन भई तापमान बृद्धिमा नकारात्मक सहयोग पुग्ने हुनाले सुख्खायामआउनुअघि नै वनव्यवस्थापन गरी वनमा सुकेका काठदाउरा, पत्कर लगायतका प्रज्वलनशीलपदार्थ संकलन गरी सुरक्षित रुपमा विसर्जन वा खाडलमा हाली कम्पोष्ट मलमा परिणत गरौं।
* सजिलै कुहिने सामग्रीको प्रयोगमा जोड दिऔं ।
* राजमार्गमा गुड्ने सवारी साधनकायात्रुहरुले प्लाष्टिकजन्य सामग्री सडकमा नफालौं, आफूले पनिनफालौं र अरुलाई पनि नफाल्न प्रेरित गरौं । यातायातव्यवसायीहरुले समेत सवारी साधनभित्र फोहोर संकलनगर्ने डष्टबिन राखी त्यसैमा मात्र फोहोर जम्मा गरौं ।
* वनका रुख विरुवाले वायुमण्डलको कार्वनडाईअक्साईड अवशोषण गरी हरितगृह ग्याँस उत्सर्जन कमगर्न महत्वपूर्ण र अहम् भूमिका खेल्ने हुँदा निजीबारी, कान्ला, सार्वजनिकजग्गा, सडकको दुबैतर्फको खाली ठाउँ, कुलो र नहरको डिल, जग्गाको साँध, सामुदायिकवन र कवुलियती वनका खाली स्थानमा धेरै भन्दा धेरै वृक्षारोपण गरौं । साथै वन विनाश हुने काम नगरौं र नगराऔं ।

बिज्ञापन

सम्पर्कः ०१०–५२०१२५ ; ९८५१३१६८२५ ; ईमेलःdhadingdfo5@gmail.com

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा