डडेल्धुरामा टिपर दुर्घटना हुदॅा धादिङ दुई जनाको मृत्यु

साकार पोष्ट बैशाख २३। डडेल्धुरामा गएराती टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेक बागमती प्रदेश ०१-००१ क ५६५१ नम्बरको टिप्पर वडा नम्बर-४ सिरोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बिज्ञापन

धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका–२७ वर्षीय विष्णु विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ बस्ने २८ हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदिप बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा