गल्छीका सन्दीप प्रसाद घिमिरेलाई FIDE ARBITER उपाधि

साकार पोष्ट गल्छी साइप्रसको राजधानी निकोसियामा सम्पन्न First FIDE Council Meeting 2025 ले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङका सदस्य एबम धादिङका राष्ट्रिय बुद्धिचाल निर्णायक तथा योगा गुरु सन्दिप प्रसाद घिमिरेलाई FIDE Arbiter (FA) उपाधि प्रदान गरेको छ। यस साथै घिमिरेले अन्तर्राष्ट्रिय चेस निर्णायकको रूपमा नेपाललाई नयाँ गौरव दिलाएका छन्।

बिज्ञापन

गल्छी गॅाउपालिका वडा नं ७ गल्छीका सन्दिप प्रसाद घिमिरे धादिङ जिल्लाका पहिलो र एकमात्र FIDE Arbiter हुन्। साथै, उनी नेपालका सक्रिय तथा प्रतिष्ठित चेस निर्णायकहरूमध्ये एक मानिन्छन्। FIDE Arbiter उपाधि प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा निर्णायकको रूपमा भूमिका निर्वाह गर्नुका साथै निर्धारित परीक्षा तथा मापदण्डहरू पूरा गर्नु आवश्यक हुन्छ। घिमिरेले ती सबै शर्तहरू पूरा गर्दै उपाधि हासिल गरेका हुन्। उनको यो उपलब्धिले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगिताहरूको व्यवस्थापनमा नयाँ व्यावसायिकता र विश्वसनीयता थपिने विश्वास गरिएको छ।

साथै, नेपाल बुद्धिचाल महासंघ तथा सम्पूर्ण नेपाली चेस समुदायका लागि यो एक गौरवपूर्ण उपलब्धि भएको छ। FIDE Arbiter को रूपमा घिमिरेले आगामी दिनहरूमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायक भूमिका निर्वाह गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन्, जसले नेपालको बुद्धिचाल खेलको अन्तर्राष्ट्रिय पहिचान अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा