डिजिटल न्युज7। असोज २७। साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ऐतिहासिक सफलता ॐ हात परेको छ २८ वर्षको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको हो । बंगलादेशविरुद्धको आजको खेल १-१ को बराबरीमा टुंगिएपछि नेपालले ७ अंकका साथ फाइनलको बाटो तय गरेको हो । बंगलादेशका सुमन रेजाले नवौं मिनेटमा पहिलो गोल गरेपछि दबाबमा परेको नेपालले ८७ औं मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई अञ्जन विष्टले सहजै गोलमा परिणत गरे ।

आज राति ९:४५ बजे हुने भारत र माल्दिभ्सको खेलपछि नेपालको फाइनल प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ । भारतलाई जसरी पनि जित्नै पर्ने दबाब छ भने माल्दिभ्सलाई बराबरीमात्रै भए पुग्छ ।
भिजिटर संख्या : 115