गुप्तेश्वर मन्दिरमा पानी बोकेको ट्यांकर खस्दा दुईको मृत्यु

साकार पोष्ट फागुन १४ गल्छी। धादिङ जिल्लाको गल्छी गॉउपालिका वडा नं ३ मा रहेको  गुप्तेश्वरमा गए राति पानी बोकेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बाप्र-०१-००४क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो ।

बिज्ञापन

राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको खबर पाएसँगै सदरमुकाम धादिङबेंसीबाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए भने अहिले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्यांकर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोस्टमोर्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ भने दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

उक्त ट्यांकरका चालकले गाडी फर्काउन पछाडि ल्याउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाँचेको प्रहरीलाई बताएका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा