साकार पोष्ट गल्छी बैरेनी जेठ २५ गल्छी गॅउपालिका वडा नं ७ मा रहेको द राईजिङ भिलेजमा आज गल्छी गॉउपालिका स्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। गल्छी गॉउपालिका शिक्षा शाखाद्धारा आयोजित उक्त हस्तलेखन प्रतियोगितामा द राईजिङ भिलेजकी रियाना श्रेष्ठ प्रथम बागेश्वरी आ बि का बिपना भण्डारी द्वितीय र सक्केस एकेडमीका रिज्वान अलि मियॉ तृतिय भएका छन्।
चित्रकला आधारभूत तर्फ सक्सेस एकेडेमीकी सलिना गिरि प्रथम बालकुमारी आ बिका श्रीजन रिमाल द्वितीय दराईजिङ भिलेजका कोशिस मणि रिमाल तृतीय भएका छन्।
चित्रकलाको माध्यमिक तर्फ बागेश्वरी मा विका ईश्वर मजरकोटी प्रथम सन्ध्या सूर्य वंशी ठकुरी सक्सेसका द्धितिय र जनकल्याण माविका शितल खड्का तृतीय भएका छन्।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो साथै उत्कृष्ट विद्यालयहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
उक्त प्रतियोगितामा गल्छी गॉउपालिका अध्यक्ष केदार नाथ खतिवडा उपाध्यक्ष भाईकाजी तिवारी गल्छी गॉउपालिका सामाजिक बिकास समितिको सभापति दिपक कुमार कार्कीको उपस्थितमा उक्त प्रतियोगिता सम्पन्न भएको गल्छी गॉउपालिका शिक्षा शाखाका ठाकुर नाथ ढुंगानाले बताउनु भएको छ।