गल्छी गोगनपानी चुलिमा दोस्रो बाघ बच्छला मेला लाग्ने

साकार पोष्ट कार्तिक २६ गल्छी। यहि आउँदो मंसिर २ र ३ गते गल्छीगाँउपालिका वडा नं ८ अवस्थित गोगनपानी चुलिमा दोस्रो बाघ बच्छला मेला लाग्ने भएको छ। बाघ बच्छला मन्दिर व्यवस्थापन समितिको आयोजनामा तथा उज्यालो युवा समाजको सह आयोजनामा उक्त मेला हुन लागेको आयोजकले जानकारी दिएको छ। उक्त मेलालाई गल्छीगाँउपालिकाले सहयोग गरेको छ। धार्मिक ऐतिहासिक रमणिय तथा पर्यटकीय स्थल बाघबच्छला मन्दिरको संरक्षण तथा प्रवर्द्धनको लागि मेला आयोजना गरिएको आयोजनाले जानकारी दिएको छ। मेलाको मुख्य आकर्षणमा मनोरम प्राकृतिक हिम श्रृङ्खलाको अवलोकन गर्न सकिने छ भने स्थानीय झाँकीहरुको प्रर्दशन तथा मेलामा सहभागी हुनेहरुको प्राथमिक स्वास्थ्य उपचार सेवा समेत रहेको जानकारी दिएको छ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा