बैरेनी अस्पताल परिसरमा घरपालुवा कुखुरा प्रवेशमा रोक, उल्लंघन गरे ५ सय जरिवाना

साकार पोष्ट धादिङ मंसिर २९ गल्छी बैरेनी । गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पतालको परिसरमा घरमा पालेका कुखुरा प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अस्पताल परिसरमा कुखुरा छाड्दा फोहर फैलिने, बिरामी तथा सेवाग्राहीलाई असहज हुने र स्वास्थ्य जोखिम बढ्ने अवस्था देखिएपछि यस्तो निर्णय गरिएको अस्पताल प्रशासनले जनाएको छ।

बिज्ञापन

बैरेनी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार अबदेखि अस्पतालको प्राङ्गणभित्र घरपालुवा कुखुरा प्रवेश गराए वा छाडेमा सम्बन्धित व्यक्तिलाई ५ सय रुपैयाँ जरिवाना गरिनेछ। सूचनाअनुसार अस्पताल क्षेत्रलाई सफा, सुरक्षित र व्यवस्थित राख्न उक्त व्यवस्था लागू गरिएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालका अनुसार अस्पताल संवेदनशील क्षेत्र भएकाले सरसफाइ र स्वास्थ्य सुरक्षामा कुनै पनि लापरवाही स्वीकार्य नहुने बताउनुभयो। उहाँले सबै स्थानीयवासी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न आग्रह गर्नुभयो।

अस्पताल प्रशासनले अस्पताल परिसरभित्र कुखुरा नियन्त्रणमा राख्न र यस्तो कार्य दोहोर्‍याएमा कारबाही हुने स्पष्ट पारेको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा