गल्छी बिनोद हत्याकाण्डका तिनै जना आरोपिहरु कारागार चलान

साकार पोष्ट जेठ २५ गल्छी। गत बैशाख २७ गते राती २३:४५ बजेको समयमा जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ निबुवा बोट स्थित सरस्वती पनेरु (पण्डित) लेसंचालन गरेको शानदार होटल एण्ड लजमा गल्छी गाँउ पालिका बडा नं ८ बर्ष २८ को बिनोद थापा मगरले खाजा खाएको पैसाको विवादमा झै-झगडा हुँदानिम्न प्रतिवादीहरुले हात, मुक्का तथा फोल्डिङ वाला छुरा समेत प्रहार गरी घाईते बनाएकोमा निज बिनोद थापा मगरको उपचारकोक्रममा काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते बिहान ०१:५४ बजेको समयमा मृत्यु भएको घटनामा संलग्न प्रतिवादीहरुलाई पक्राउगरी अनुसन्धान प्रकृया पुरा गरि सक्कल मिसिल कागजातहरु जिल्ला सरकारी वकील कार्यालय धादिङ मार्फत सम्मानित धादिङजिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित धादिङ जिल्ला अदालतको मिति २०८०।०२।२४ गतेको थुनछेक आदेशले तिनै जनाप्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान भएको हो ।

बिज्ञापन

निम्न:-(१) जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ बस्ने बर्ष ४७ की सरस्वती पनेरु (पण्डित)-शानदार होटल एण्ड लजको संचालिका (मृतकबिनोद थापा मगरको हत्या तथा केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसूरमा) ।

(२) जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ बस्ने बर्ष २६ को निरज पण्डित- शानदार होटल एण्ड लजको संचालिका सरस्वती पनेरु(पण्डित) को छोरा (मृतक बिनोद थापा मगरको हत्या कसूरमा) ।

 (३) जिल्ला पाल्पा तानसेन न.पा.वडा नं. १४ घर भई हाल जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ बस्ने बर्ष ३० को किरन राना – निरजपण्डितको साथी (मृतक बिनोद थापा मगरको हत्या कसूरमा)

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा