जन्मदिनको उपलक्ष्यमा महेश दोभानको गुरुकुलका बिधार्थीलाई स्टेशनरी सामाग्री वितरण

साकार पोष्ट भदौ १ गल्छी गॉउपालिका वडां ६ निवासी भरत अधिकारीले आफ्नो छोरा भिजन अधिकारीको जन्मदिनकोउपलक्ष्यमा गल्छी गॉउ पालिका वडा नं ६ बैरेनी महेशदोभान स्थीत अम्लेश्वर महादेव मन्दिर परीसरमा रहेको गरुकुल बेदबिद्याश्रममा विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरीएको छ ।

बिज्ञापन

गुरुकुलमा अध्ययनरत बिद्यार्थीहरुका लागी पठनपाठनमा सहयोग पुर्याउने उद्धेश्यले शैक्षिक सामग्री वितरण गरिएको भिजनप्रिन्टिङ सपोर्टका सञ्चालक भरत अधिकारीले बताएका छन्। भरत अधिकारी गल्छी ७ गल्छीमा रहेको भिजन प्रिन्टिङ  सपोर्ट कासन्चालक गुरुकुल विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नम्बर ६ का वडा सदस्य समेत हुन् । यस्ता किसिमकोसहयोगले गुरुकुल सञ्चालन गर्न हौसला मिलेको गुरुकुलका अध्यक्ष फा.नारायण रिमालले बताएका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा