ब्लुबुक नविकरण गर्ने समय कहिले कहिले

साकार पोष्ट चैत २० सवै सवारी साधनको ब्लुबुक (सवारीको विस्तृत विवरण) को सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ । सोही मिति अनुसार नै हरेक बर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक बर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । मानिसहरुले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन । तर त्यो मिति आर्थिक बर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाइ मान्य हुने छैन ।

उदाहरणको लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर मंसीर महिनासम्म तिर्न पाइन्छ । तर कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइदैन । यदि कसैको बैशाख, जेष्ठ र असारमा म्याद सकिने मिति रहेको छ भने ९० दिन थप पाइने त कुरै छोडौ त्यो महिनासम्म पनि म्याद पाइदैन ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको चैत्र महिनामा नै कर तिर्नु पर्छ । नत्र नियम अनुसार जरिवाना लाग्नेछ ।
यदि ९० दिन कर तिर्न थप समय हुने सवारी साधनको ९० दिन काटेको ३० दिनसम्म पनि कर नतिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरि बैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

कतिपय सवारी चालकहरुले कर कहिले सम्मको तिरेको हो पनि बुझेका हुदैनन्

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा