डिजिटल न्युज7 गल्छी असोज १०। गल्छीगाँउपालिका वडा न १ मा रहेको जालपा देवी आधारभुत विधालय दलाङमा अध्ययनरत शिशु कक्षाका विद्यार्थीहरु अल इन वान कापि इलेजर कटर पेन्सिल जस्ता स्टेशनरी सामाग्री तथा एक कक्षा देखि माथीका सम्पुर्ण बिधार्थीहरुलाई नेपाली अङ्ग्रेजी कापि कलम बितरण बिधालयलाई भलिबल सहयोग गरिएको र यसै गरि अबका दिनमा पनि बिधार्थीहरुलाई सहयोग गर्दै जाने यस अभियानका संयोजक थापा राजले बताउनुभएको छ। यस अभियानले यस अघि लकडाउनको बेलामा आपतमा परेका करिब ७० परिवारलाई राहत स्वरुप खाधान्न वितरण गरेको थियो।



भिजिटर संख्या : 135