साकार पोष्ट पुस १३। भारतको राजधानी नयाँ दिल्लीमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि भारतको नयाँ दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ । ‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् । त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत मात्रै यात्रु राखी दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्न पाइने छ ।यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ । ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ भने अटो, ई-रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछ ।


भिजिटर संख्या : 151