साकर पोष्ट मंसिर २१ गल्छी। नेपाल बिधार्थी संघकी केन्द्रीय महामन्त्री उर्मिला थपलिया द्वारा नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा आफ्नो केन्द्रीय सदस्य उम्मेदवार घोषणा गर्नुभएको छ। धादिङमा जन्मिएर बिधार्थी जिवन देखि नै नेपाली कांग्रेसमा सक्रिय युवा नेतृ उर्मिला थपलिया बि स २०५१ सालमा निलकण्ठ मा वि धादिङ को ईकाई उपाध्यक्ष बि स २०५६ मा नेपाल बिधार्थी संघको धादिङको जिल्ला कोषाध्यक्ष २०५७ मा निलकण्ठ उच्च माध्यमिक विद्यालय धादिङ को सचिव २०५९ ने बि सघ धादिङ को जिल्ला सचिव २०६२ स्वस्वियु सचिव विश्व भाषा क्याम्पस २०६१ ने बि संघ केन्द्रीय सदस्य मा आफ्नो अमुल्य योगदानको दिनु भएको थियो। उर्मिला थपलिया आन्दोलनको क्रममा पटक पटक घाइते तथा गिरफ्तार मा समेत पर्नुभएको थियो। उनी युवा वर्गमा चर्चित तथा आशावादी नेता समेत रहेका कार्यकर्ताले बताएका छन्।



भिजिटर संख्या : 135