जिल्ला स्तरीय वकृत्वकलाका लागि गल्छीका प्रतियोगी छनौट

साकार पोष्ट गल्छी बैरेनी  — अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा आगामी असोज १० गते नीलकण्ठ नगरपालिकाको सिटी हलमा हुने जिल्लास्तरीय कृषि उत्पादन बजार व्यापार विषयक वकृत्वकला प्रतियोगितामा गल्छी गाउँपालिकाबाट सहभागी हुने प्रतियोगीको छनौट सम्पन्न भएको छ।

बिज्ञापन

गल्छी गाउँपालिकाको सभा हलमा सम्पन्न छनौट कार्यक्रमको अध्यक्षता विकास गरंजाले गरेका थिए भने प्रमुख अतिथिमा शिक्षा अधिकृत धिरज बस्नेत उपस्थित थिए। निर्णायक मण्डलमा शिवप्रसाद पौडेल, राधाकृष्ण पण्डित र मोहन पाण्डे रहेका थिए भने अतिथिहरुमा बिपिन मल्ल, श्रद्धा रिमाल र साधना अधिकारी सहभागी थिए।

छनौट प्रतियोगितामा ५ जनाको सहभागिता रहेकोमा सूचना अधिकारी प्रथम, संगिता श्रेष्ठ द्वितीय, सक्षम नेपाल तृतीय स्थानमा चयन भएका छन्। उनीहरु जिल्लास्तरीय प्रतियोगितामा गल्छी गाउँपालिकाबाट प्रतिनिधित्व गर्नेछन्। त्यस्तै सुष्मा अधिकारी र बिबेक थापालाई समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनेलाई रु. ५०,०००, द्वितीयलाई रु. ३०,०००, तृतीयलाई रु. २०,०००, चौथो हुनेलाई रु. १०,००० र पाँचौं हुनेलाई रु. ५,००० नगद पुरस्कार प्रदान गरिनेछ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा