नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङ अध्यक्षमा पुन अर्जुन श्रेष्ठ निर्वाचित

साकार पोष्ट धादिङ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा पुन: अर्जुन श्रेष्ठ निर्वाचित भएका छन् ।

बिज्ञापन

आज धादिङबेसीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट अर्जुन श्रेष्ठ अध्यक्षमा उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप श्रेष्ठ निर्वाचित भएका छन् ।

यसै गरि सदस्यहरु इश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो) रहेका छन् ।

अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ(डोल्मा मम्बा) चयन गरेको छ ।

यसैगरि प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठ चयन गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले पुर्ण प्रेस स्वतन्त्रता, पेशागत हकहित, श्रमजिविको सुरक्षा, पेशागत सुरक्षाका लागि पैरवी गर्न फोनिजसङ्गै रहेको बताउदै फोनिजलाई १० हजार सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव काजी श्रेष्ठ, फाेनिजका बागमती प्रदेश कोषाध्यक्ष शंकर श्रेष्ठ, फोनिज बागमती समितिका सल्लाहकार सरिता श्रेष्ठ, तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष नीर तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोषराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा